Sunday, October 28, 2018

Saturday, January 27, 2018

गौरीशकर क्याम्पसको विकासका लागि पूर्व विद्यार्थी समाजले अभियान थाल्ने

उच्च शिक्षाको क्षेत्रमा अग्रणी मानिएको गौरीशकर वहुमुखी क्याम्पस चरिकोट दोेलखाका पूर्व विद्यार्थीहरुको भेलाले पुर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरेको छ । पुर्व विद्यार्थी श्रीकृष्ण दहालको संयोजकत्वमा ३० सदस्यीय तदर्थ समिति गठन गरिएको हो । गौरीशकर वहुमुखी क्याम्पसको समग्र शैक्षिक,भौतिक एवं आर्थिक विकासमा सहयोग पु–याउने उदेश्यले समाजको स्थापना गरिएको समाजका तर्दथ समिति अध्यक्ष दहालको भनाई रहेको छ । शनिवार विहान काठमा(ण्डौमा वसेको वैठकले क्याम्पसको समग्र विकासमा केन्द्रीत हुदै विभिन्न निर्णय गरेको छ । गौरीशकर वहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले क्याम्पसको व्यवस्थापन र सम्वृद्धिका लागि सहयोग सङकलन गर्ने र क्याम्पसको वार्षिक दिवसको अवसर पारेर हस्तान्तर गर्ने,पूर्व विद्याथीैहरुलाई एकत्रित गर्न पुर्व विद्यार्थी सामाजिक सञ्जाल मार्फत तथ्याङ सकलन गर्ने,समाजका वारेमा प्रचार गर्ने र यही फागुन महिनामा वृहत भेलाको आयोजना गरी क्याम्पसका लागि सहयोग सङकलन अभियान सञ्चालन गर्ने निर्णय भएको भेला कार्यक्रमका समन्वयकर्ता एवं क्याम्पस सञ्चालक समिति सदस्य अमृत राउतले जानकारी दिनुभयो । भेलाले गौरीशकर वहुमुखी क्याम्पसलाई उच्च शिक्षाको आधार वनाएर शैक्षिक,प्रशासनिक,राजनितिक एवं अन्य स्थानमा पुगेका पुर्व विद्यार्थी विच छलफल गरी गौरीशकर क्याम्पसलाई नमुना क्याम्पसको रुपमा विकास गर्न अभियान चलाउने समाजको लक्ष्य रहेको तदर्थ समिति अध्यक्ष श्रीकृष्ण दहालको भनाई रहेको छ । विस २०३८ सालमा स्थापित यो क्याम्पस जिल्लाकै एकमात्र स्नातकोत्तरसम्म अध्ययन हने क्याम्पसका रुपमा परिचित छ । हाल मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका कक्षा ११ तथा १२, स्नातक तहका शिक्षा, ब्यवस्थापन तथा मानविकी र स्नातकोक्तर तहसम्म शिक्षा अंग्रेजी, नेपाली र भ्एः विषयमा अध्ययन हुँदै आएको छ । विद्यार्थी सङ्ख्याको आधारमा अध्ययन गर्ने भवनको अभाव झेल्दै आएको क्याम्पसमा जनसहभागितामा आधारित भवन निर्माण कार्य पहिलो तल्ला निर्माण कार्य सम्पन्न भएको छ । महायज्ञमा संकलित रकमसहित सांसद विकास कार्यक्रम, जिविस र व्यक्तिहरुको सहयोगमा निर्मित एकतले भवनमा कक्षा संचालन भएको छ ।

Thursday, January 4, 2018

Notice (सूचना)

Notice (सूचना)
२०७४÷०९÷२१
सूचना !
यस क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको व्यवस्थापनमा निम्न मिति, समय र स्थानमा वनभोज कार्यक्रमको आयोजना गरिएकोले सम्पूर्ण तहमा अध्ययनरत इच्छुक विद्यार्थीहरुले तल उल्लेखित विद्यार्थीसँग सम्पर्क गर्न अनुरोध छ ।
तपसिल
मिति ः २०७४ पौष २२ गते शबिार
स्थान ः लामाबगर
प्रस्थान ः बिहान ५ः३० बजे क्याम्पस प्राङ्गण
लाग्ने शुल्कः रु १०००।–
शुल्क बुझाउने समय ः २०७४ पौष २१ गते बेलुकी ४ बजेसम्म
शुल्क बुझाउन सम्पर्क गर्नपर्ने व्यक्तिहरु
१. समिर श्रेष्ठ – ९८४४३९६२३१ वि.ए. प्रथम
२. मनुका पकुवाल– ९८६४००४०८३ वि.वि.एस. तेस्रो
३. सबिता कार्की – ९८४३१५०३६० वि.वि.एस. दोस्रो
४. सिर्जना श्रेष्ठ – ९८४४०६७०९५ वि.एड. तेस्रो
५. राजेश खत्री – ९८४४४०६३५० वि.वि.एस. प्रथम
६. सुमना भुजेल – ९८४४४०७४०३ वि.वि.एस. प्रथम
........................
 ( शान्त के.सी. )
 क्याम्पस प्रमुख
नोटः २०७४ पौष २३ गते बिहान क्याम्पसको पठनपाठन बन्द हुने व्यहोरा अवगत गराइन्छ । कक्षा ११ र १२ को सो दिनको परीक्षा पौष ३० गते सञ्चालन हुनेछ ।

Thursday, December 28, 2017

आधुनिक शिक्षण प्रविधिको अभ्यास गर्दै गौरीशंकर क्याम्पस


ताराबहादुर महत । पुस १३, दोलखा । जिल्लाको सबै भन्दा जेठोे गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटले डिजिटल प्रविधिबाट पठनपाठन शुरुवात गरेको छ ।
परम्परागत शिक्षण पद्धतिले वर्तमान सन्दर्भमा प्रभावकारी काम गर्न नसकेकोले नयाँ प्रविधिसहितको शिक्षण पद्धति अपनाईएको क्याम्पस प्रमुख शान्त केसीले बताउनुभयो । डिजिटल शिक्षण पद्धतिले विषयवस्तुको बारेमा विद्यार्थीहरुलाई बुझ्न र अन्र्तक्रिया गर्न सजिलो हुनुको साथै सिकाईप्रति आकर्षित गराउने क्याम्पस प्रमुख केसीको भनाई छ । व्यवस्थापन संकायको स्नातक पहिलो बर्षको कक्षाबाट शुरु गरिएको डिजिटल कक्षा यसै शैक्षिक सत्रभित्रमा क्याम्पसको सबै तहमा लागु गरिने भएको छ ।
भर्खरै क्याम्पस प्रमुखको जिम्मेवारी पाउनुभएका केसीले अन्य उत्कृष्ट विश्वविद्यालयमा संचालन भएका कक्षा इन्टरनेटको माध्यमबाट गौरीशंकर क्याम्पसमा पनि संचालन गर्ने योजना रहेको बताउनुभयो । शिक्षा संकायमा मात्र स्नातकोत्तर तह संचालन गरेको यस क्याम्पसमा आगामी शैक्षिक सत्रबाट मानविकी र व्यवस्थापन संकायको कक्षासमेत संचालनका लागि त्रिभुवन विश्वविद्यालयसँग अनुमति माग्ने तयारी रहेको छ ।
मंगलबारबाट शुरु भएको डिजिटल कक्षाको क्याम्पसका संस्थापक तथा दोलखाका समाजसेवी आत्मकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । कक्षा उद्घाटनका क्रममा श्रेष्ठले २०३८ सालमा आफूहरुले स्थापना गरेको क्याम्पसले पछिल्लो समय गरेको शैक्षिक उन्नतीप्रति खुसी व्यक्त गर्नुभयो । आधुनिक प्रविधिसँग विद्यार्थीहरुलाई घुलमिल गराएर प्रतिस्पर्धात्मक क्षमता बढाउन डिजिटल कक्षा अत्यन्तै उपयोगी हुने श्रेष्ठको भनाई छ ।
डिजिटल कक्षाको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले विद्यार्थी भर्ना गरे लगत्तै सबै पाठ्यपुस्तक बर्षभरी अध्ययन गर्न पाउने गरी वितरण गर्ने योजना रहेको बताउनुभयो । साथै उहाँले क्याम्पसका पुर्व विद्यार्थीहरुको भेला काठमाण्डौंमा आयोजना गरेर शैक्षिक सुधारका लागि उनीहरुबाट सहयोग लिनुपर्नेमा जोड दिनुभयो ।
हाल यस क्याम्पसमा प्लस टु र स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षा संकाय तथा स्नातकोत्तर तहमा शिक्षा संकायमा करिब नौ सय विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रशासनले जनाएको छ । गत बर्ष सात सयको हाराहारीमा विद्यार्थी संख्या रहेकोमा क्याम्पस व्यवस्थापनमा सुधार हुँदै गएपछि विद्यार्थी संख्या पनि बढेको क्याम्पस प्रमुख केसीको भनाई छ ।
 तारा बहादुर महत
गौरीशङ्कर बहुमुखी क्याम्पस का सहायक-प्राध्यापक हुनुहुन्छ 

Monday, September 11, 2017

Notice (सूचना)

Notice (सूचना)


सूचना !
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०७४ सालमा सञ्चालन हुने स्नातकोत्तर दोस्रो  (M.ED. II) वर्षका वार्षिक परीक्षा दिने २०७२ सालसम्ममा पुरा परीक्षा दिई विषय बाँकी भएका आंशिक परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०७४ असोज २७ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु :
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. एस.एल.सी उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र तह उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. स्नातक तह उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
६. स्नातकोत्तर तह प्रथम वर्षको पहिलो र द्वितीय वर्षको अन्तिम सिम्बोल नं.
७. बाबुको नाम, थर
८. ठेगाना (रजिष्ट्रेसन फाराम भर्दा लेखिएको)
.............................
(शान्त बहादुर के.सी.)
 नि.क्याम्पस प्रमुख

Thursday, September 7, 2017

Gaurishankhar Multiple Campus मा नयाँ शैक्षिक सत्र २०७४/०७५ का लागि विभिन्न तहमा भर्ना खुल्यो !

२०६० साल देखि हाल सम्म यस क्याम्पसका विभिन्न तहमा भर्ना भई विभिन्न कारणले अध्ययन पुरा गर्न नसकेका विद्यार्थीहरुलाई भर्नामा शुल्कमा १००% छुट ।

मिति २०७४ साल भाद्र २१ गतेका दिन गौरिशंकर बहुमुखी क्याम्पसमा भएको एक समारोहका विच क्याम्पस प्रमुख सुनिल आचार्य, क्याम्पस सहायक प्रमुख शान्त बाहादुर केसी र व्यवस्थापन समितिका अध्ययक्ष राजेन्द्र मानन्धरले बोल्नहुन्दै  क्याम्पसमा सूचना र प्रविधिको पहुचँ विस्तारका लागि कम्प्युटर विषयलाई मल्टिमिडियाको मध्यमबाट सुरु गरिसकिएको त्यस्तै लेखा प्रणालिलाई आधुनिक प्रविधि विशेष बनाउनका लागि सफ्टवेयर प्रणालिमा लगिएको र क्याम्पस हाताभित्र सिसिटिभी जडान तथा अाधुनिक डिजिटल हाजिरी व्यवस्था गरिएको र अबका दिनमा क्याम्पसका पठनपाठन व्यवस्थालाई  डिजिटल प्रविधिमा लानुका साथै Virtual Class, Free Wifi र Audio, Video को माध्यम बाट सञ्चालन  गरिने योजनाका बनाईएको बताउनु भएको छ ।
यस क्याम्पसले धेरै जनशक्ति उत्पाद गरि सकेको र अबका दिनमा कितावि ज्ञान भन्दा पनि व्यवहारीक ज्ञानको आबश्यक भएकाले यस्ता कुरा जोड् दिने बताईएको छ ।

Wednesday, September 6, 2017

Gaurishankar Multiple Campus Overview

Gaurishankar Multiple campus was established in 2038 B.S. and it is the first public campus in Dolakha District. It has helped a lot of students who cannot afford to go city area for gaining higher education degree. As Gaurishankar Multiple campus is public campus, the fees are very nominal and facilities are up to adequate standards for completing the courses. It offers plus two, bachelor and master level programs. Soon it is planning to add master of education in English and Nepali. It is in affiliation with Higher Secondary Education Board (HSEB) for plus two and Tribhuvan University (TU) for bachelor and master level. Gaurishankar Multiple campus has got experienced and dedicated teachers.
Besides +2 level in Management, Humanities and Education, this college provides bachelor's degree in B.Ed , BA and BBS and masters degree in  Master of Education (M.Ed) in Educational Planning and Management (EPM).
Gaurishankar Multiple campus was established in 2038 B.S. and it is the first public campus in Dolakha District. It has helped a lot of students who cannot afford to go city area for gaining higher education degree. As Gaurishankar Multiple campus is public campus, the fees are very nominal and facilities are up to adequate standards for completing the courses. It offers plus two, bachelor and master level programs. Soon it is planning to add master of education in English and Nepali. It is in affiliation with Higher Secondary Education Board (HSEB) for plus two and Tribhuvan University (TU) for bachelor and master level. Gaurishankar Multiple campus has got experienced and dedicated teachers.

Bachelor of Business Studies

Bachelor of Business Studies provides advanced knowledge regarding business and administration. Broaden your knowledge in the sector of business at Gauri Shanker Campus Dolakha and know details about the course and the reasons to join this college.

Bachelor of Arts

Are you interested in sharpening your skills in the field of Arts and want to build a strong foundation? Study Bachelor of Arts at Gauri Shanker Campus Dolakha and specialise in the sector of arts. Click the link for more details.

Bachelor of Education

Widen your knowledge and get specialized in the field of education? Be a part of Gauri Shanker Campus Dolakha and initiate your first step towards education.

Admission Procedure
  • For plus two level, interested candidates must complete SLC level.
  • For bachelor level, interested candidates must complete plus two or equivalent level recognized by TU in any streams for BA and B.Ed. BBS course can be applied by science and management streams student.
  • For master level, interested candidates must complete bachelor level in any streams recognized by TU with minimum of 45%.