| Advertisement |
२०६० साल देखि हाल सम्म यस क्याम्पसका विभिन्न तहमा भर्ना भई विभिन्न कारणले अध्ययन पुरा गर्न नसकेका विद्यार्थीहरुलाई भर्नामा शुल्कमा १००% छुट ।मिति २०७४ साल भाद्र २१ गतेका दिन गौरिशंकर बहुमुखी क्याम्पसमा भएको एक समारोहका विच क्याम्पस प्रमुख सुनिल आचार्य, क्याम्पस सहायक प्रमुख शान्त बाहादुर केसी र व्यवस्थापन समितिका अध्ययक्ष राजेन्द्र मानन्धरले बोल्नहुन्दै क्याम्पसमा सूचना र प्रविधिको पहुचँ विस्तारका लागि कम्प्युटर विषयलाई मल्टिमिडियाको मध्यमबाट सुरु गरिसकिएको त्यस्तै लेखा प्रणालिलाई आधुनिक प्रविधि विशेष बनाउनका लागि सफ्टवेयर प्रणालिमा लगिएको र क्याम्पस हाताभित्र सिसिटिभी जडान तथा अाधुनिक डिजिटल हाजिरी व्यवस्था गरिएको र अबका दिनमा क्याम्पसका पठनपाठन व्यवस्थालाई डिजिटल प्रविधिमा लानुका साथै Virtual Class, Free Wifi र Audio, Video को माध्यम बाट सञ्चालन गरिने योजनाका बनाईएको बताउनु भएको छ ।
यस क्याम्पसले धेरै जनशक्ति उत्पाद गरि सकेको र अबका दिनमा कितावि ज्ञान भन्दा पनि व्यवहारीक ज्ञानको आबश्यक भएकाले यस्ता कुरा जोड् दिने बताईएको छ ।




0 comments: