Thursday, December 28, 2017

आधुनिक शिक्षण प्रविधिको अभ्यास गर्दै गौरीशंकर क्याम्पस

Advertisement

ताराबहादुर महत । पुस १३, दोलखा । जिल्लाको सबै भन्दा जेठोे गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटले डिजिटल प्रविधिबाट पठनपाठन शुरुवात गरेको छ ।
परम्परागत शिक्षण पद्धतिले वर्तमान सन्दर्भमा प्रभावकारी काम गर्न नसकेकोले नयाँ प्रविधिसहितको शिक्षण पद्धति अपनाईएको क्याम्पस प्रमुख शान्त केसीले बताउनुभयो । डिजिटल शिक्षण पद्धतिले विषयवस्तुको बारेमा विद्यार्थीहरुलाई बुझ्न र अन्र्तक्रिया गर्न सजिलो हुनुको साथै सिकाईप्रति आकर्षित गराउने क्याम्पस प्रमुख केसीको भनाई छ । व्यवस्थापन संकायको स्नातक पहिलो बर्षको कक्षाबाट शुरु गरिएको डिजिटल कक्षा यसै शैक्षिक सत्रभित्रमा क्याम्पसको सबै तहमा लागु गरिने भएको छ ।
भर्खरै क्याम्पस प्रमुखको जिम्मेवारी पाउनुभएका केसीले अन्य उत्कृष्ट विश्वविद्यालयमा संचालन भएका कक्षा इन्टरनेटको माध्यमबाट गौरीशंकर क्याम्पसमा पनि संचालन गर्ने योजना रहेको बताउनुभयो । शिक्षा संकायमा मात्र स्नातकोत्तर तह संचालन गरेको यस क्याम्पसमा आगामी शैक्षिक सत्रबाट मानविकी र व्यवस्थापन संकायको कक्षासमेत संचालनका लागि त्रिभुवन विश्वविद्यालयसँग अनुमति माग्ने तयारी रहेको छ ।
मंगलबारबाट शुरु भएको डिजिटल कक्षाको क्याम्पसका संस्थापक तथा दोलखाका समाजसेवी आत्मकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । कक्षा उद्घाटनका क्रममा श्रेष्ठले २०३८ सालमा आफूहरुले स्थापना गरेको क्याम्पसले पछिल्लो समय गरेको शैक्षिक उन्नतीप्रति खुसी व्यक्त गर्नुभयो । आधुनिक प्रविधिसँग विद्यार्थीहरुलाई घुलमिल गराएर प्रतिस्पर्धात्मक क्षमता बढाउन डिजिटल कक्षा अत्यन्तै उपयोगी हुने श्रेष्ठको भनाई छ ।
डिजिटल कक्षाको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले विद्यार्थी भर्ना गरे लगत्तै सबै पाठ्यपुस्तक बर्षभरी अध्ययन गर्न पाउने गरी वितरण गर्ने योजना रहेको बताउनुभयो । साथै उहाँले क्याम्पसका पुर्व विद्यार्थीहरुको भेला काठमाण्डौंमा आयोजना गरेर शैक्षिक सुधारका लागि उनीहरुबाट सहयोग लिनुपर्नेमा जोड दिनुभयो ।
हाल यस क्याम्पसमा प्लस टु र स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षा संकाय तथा स्नातकोत्तर तहमा शिक्षा संकायमा करिब नौ सय विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रशासनले जनाएको छ । गत बर्ष सात सयको हाराहारीमा विद्यार्थी संख्या रहेकोमा क्याम्पस व्यवस्थापनमा सुधार हुँदै गएपछि विद्यार्थी संख्या पनि बढेको क्याम्पस प्रमुख केसीको भनाई छ ।
 तारा बहादुर महत
गौरीशङ्कर बहुमुखी क्याम्पस का सहायक-प्राध्यापक हुनुहुन्छ 
Share This
Previous Post
Next Post

Narayan Chhetri is a Assistant Professor at Gaurishankar Multiple Campus, Charikot and IT In-Charge at possible health (Nyaya Health Nepal). He is a veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has Completed +2 Level in Management and done of ICT B.Ed He has knowledge in wide range of IT fields. He is highly trained and skilled in graphic design, web design, hardware and networking, Q-Basic and had good knowledge of C, C++, C# and java programming.

0 comments: